बुद्धकालिन नेपालको रक्तपात पूर्ण इतिहास !!

बुद्धकालिन नेपालको रक्तपात पूर्ण इतिहास !!

buddha

गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको पतन, उनको जीवनकालमा भएको देख्नु परेको थियो। कपिलवस्तुको दक्षिणमा कौशल राज्य थियो, जुन भारतबर्षको निकै ठुलो, बलियो र पुरानो राज्यहरुमा गनिने गर्थ्यो। झन्डै 1000 BCE मा स्थापना भएको कौशल राज्य 700 BCE सम्ममा शक्तिशाली राज्य बनिसकेको थियो र आफ्नो छिमेकी राज्यहरु माथि राजनीतिक हस्तक्ष्यप गर्न थालिसकेको थियो। कपिलवस्तु पनि यसैको सिकार बनेको थियो। कौशल राज्यको पहुँच कतिसम्म थियो भन्ने कुरा अझ प्रस्ट छैन, तर सम्भवतः कमजोर सानो राज्यहरु कौशल राज्यको सहायक राज्य थिए। प्राचिन बौद्ध ग्रन्थ, महावंस, को अनुसार कपिलवस्तुमा कौशलको आक्रमण राजा विरुद्धकको शासनकालमा भएको थियो।

राजा प्रसेनजितले कौशलमा राज्यरोहण गरेपछि शाक्य बंशबाट कुलीन पत्नीको माग गरेका थिए। शाक्यहरुले भने प्रसेनजितलाई झुक्क्याएर उनको ल्याइतेपट्टिकि दासीसंग बिवाह गराइदिए। शाक्यहरुले प्रसेनजितलाई भ्रममा राख्न सफल भए र उक्त बिवाहबाट बिरुद्धक नाम गरेका राजकुमारको जन्म भयो। बाल्यकालमा विरुद्धक कपिलवस्तुको भ्रमण गर्न गएको बेला साँचो कुरा पत्ता लगाए र आफ्नो पितालाई शाक्यहरुले गरेको अपमानको बदला लिने अठोट गरे। विरुद्धकले पछि प्रसेनजितबाट सत्ता हड्पे र आफु राजा भए। बिरुद्धक गौतम बुद्ध कपिलवस्तुमा भएको बेला कौशलका राजा थिए। प्रसेनजितको मृत्यु पश्चात विरुद्धकले शक्यहरुको शक्तिकेन्द्र कपिलवस्तुमा आक्रमण गरे। तीनपटक आक्रमण गर्नखोज्दा गौतम बुद्धले ठुलो हानी हुनबाट रोकेका थिए। तर चौथोपटक बुद्धको पनि केहि प्रभाव लागेन र कपिलवस्तुमा भिषण नरसंहार भयो र ७७,००० व्यक्ति को निर्मम हत्या भयो |

कपिलवस्तुबाट भाग्न सफल भएका केहि शरणार्थी भएर छिमेकी राज्यहरुमा पुगे, र कुनैबेला सुन्दरताको प्रतिक मानिने कपिलवस्तु को दुखद अन्त्य भयो। एस घटनापछि रोहिणी नदीको पानीको बिबादले र अरु छिमेकी राज्यहरुमा भइराख्ने शक्तिसंघर्षले कपिलवस्तुको नाम बिस्तारै इतिहासमा हराउदै गयो।

साभार: नेपालको प्राचीन र मध्यकालीन इतिहास

         प्रा. डा. श्रीरामप्रसाद उपाध्याय

 

DISCUSSIONS ABOUT THIS BLOG

You must login to reply

Forum Time Replies Report