Subject: Nepali
घृणा ,हर्ष ,दुख , प्रशंसा ,आश्चर्य,शोक खुसी आदि मनको भाव व्यत्त गर्ने अव्यय पदलाई विस्मयादिबोधक पद भनिन्छ|यी शब्द वाक्यको प्रारम्भमा आउछन् र विशेष अर्थ प्रदान गर्दछन्|यो निम्न प्रकार को हुन्छन्|
१)हर्ष/प्रशंसावाचक -आहा ,धन्य , वाह,स्याबास,आदि बुझाउनेअव्यय पदलाई हर्ष/प्रशंसावाचक पद भनिन्छ|जस्तै
धन्य ! म छ कक्षा पास भए |
आहा !कति राम्रो मन्दिर रहेछ|
स्याबास! तिमी प्रथम भएको रहेछौ |
२)शोकवाचक -रामराम ,ज्या,कठैबरी आदि बुझाउनेअव्यय पदलाई शोकवाचक पद भनिन्छ|जस्तै
रामराम ! हरि त मरेछ |
कठै !त्यो त टुहुरो भएछ |
३)आश्चर्यवाचक-ओहो, ल, आम्मै,आदि बुझाउनेअव्यय पदलाई आश्चर्यवाचक पद भनिन्छ|जस्तै
ओहो!कति ठुलो सर्प रहेछ |
ल ! पानी पो परेछ |
४)घृणावाचक-छि,छिछि,धत् ,दुरदुर,धिक्कारआदि बुझाउनेअव्यय पदलाई घृणावाचक पद भनिन्छ|जस्तै
छि! कस्तो घिन लाग्दो मान्छे|
थुक्क! तेरो भाग्य |
५)पीडाबोधक -ऐया,उफ्,आस्था,आच्छु आदि बुझाउनेअव्यय पदलाई पीडाबोधक पद भनिन्छ|जस्तै
ऐया! पेट दुख्यो |
उफ्!कति गर्मी भएको |
आच्छु! कति जाडो |
६) संम्बोधन-ए, हे ,अरे , रे
ए ! त कता गएको |
हे! मा त्यो काम गर्दिन |
© 2019-20 Kullabs. All Rights Reserved.