Subject: Nepali
कुनै व्यत्ति, ठाउँ वा पदार्थ बुझाउने शब्दलाई नाम भनिन्छ| अर्थात कुनै व्यत्ति , ठाउँ,जाति,वस्तु,समूह,अमूर्त भाव आदि बुझाउने पदलाई नाम भनिन्छ|नामलाई निम्न पाच भागमा विभाजन गरिएको छ|
१) व्यत्तिवाचक नाम -कुनै व्यत्ति,स्थान,नदि पर्व,प्राणी,आदिलाई बुझाउने नामलाई व्यत्तिवाचक नाम भनिन्छ|यस नामले कुनै वस्तु, व्यत्ति,स्थान आदिलाई तोकेर जनाउने हुदा यसलाई व्यत्तिवाचक नाम भनिएको हो|जस्तै
हरि , तीज ,जापान ,पोखरा ,मुनामदन
२) जातिवाचक नाम -एउटै जातका प्राणी वा वस्तुलाई जनाउने साझा नामलाई जातिवाचक नाम भनिन्छ|जस्तै
देश , नदि, पुस्तक ,फूल, हिमाल
३) भाववाचक नाम -छुन र देख्न नसकिने तर अनुभव वा महसुस गर्न सकिने नामलाई भाववाचक नाम भनिन्छ |जस्तै
गरिबी ,दया , माया , घृणा
४)द्रब्यवाचक नाम -नापेर वा तौलेर छुटाउन सकिने वस्तु वा पदार्थका नामलाई द्रब्यवाचक नाम भनिन्छ| जस्तै
पानी , सुन , फलाम , दाल, नुन
५)समुहवाचक नाम -कुनै वस्तु ,व्यत्ति,प्राणी वा पदार्थ समुहलाई बुझाउने नामलाई समुहवाचक नाम भनिन्छ|जस्तै
ताती ,दल, रास ,हुल , खात
© 2019-20 Kullabs. All Rights Reserved.