अक्षर
वर्णभन्दा माथिल्लो भाषिक एकाइलाई अक्षर भनिन्छ अर्थात श्वासप्रवाहको खास गति वा झट्कामा उच्चारित हुने ध्वनी समूहलाई अक्षर भन्निन्छ। त्यसैगरी फोक्सो, मुख र नाक हुँदै बाहिर निस्कने सासको एक झोल्कामा उच्चारण हुने वर्ण वा वर्णहरुको समूहलाई अक्षर भनिन्छ।
नेपाली अक्षरका प्रकार
- स्व: एउटा मात्र स्वरले बनेका अक्षर र शब्द
उदाहरण: -
शब्द: ए
अक्षर: ए
वर्ण: ए
- द्विस्वर मिलेर बनेका शब्द र अक्षर
उदाहरण: -
शब्द: औ
अक्षर: अउ
वर्ण: अ+उ
- स्वव्य: स्वर र व्यञ्जन वर्ण मिलेर बनेका अक्षर र शब्द
उदाहरण: -
शब्द: उफ
अक्षर: उफ्
वर्ण: उ+फ्
- व्यस्व: व्यञ्जन र स्वर वर्ण मिलेर बनेका अक्षर र शब्द
उदाहरण:
शब्द: खा
अक्षर: खा
वर्ण: ख+आ
- व्यस्वव्य: व्यञ्जन, स्वर र व्यञ्जन वर्ण मिलेर बनेका अक्षर र शब्द
उदाहरण:
शब्द: घर
अक्षर: घर्
वर्ण: घ्+अ+र्
- व्यव्यस्व: व्यञ्जन, व्यञ्जन र स्वर वर्ण मिलेर बनेका अक्षर र शब्द
उदाहरण: -
शब्द: क्या
अक्षर: क्या
वर्ण: क्+य्+आ
- व्यव्यस्वव्य: व्यञ्जन, व्यञ्जन, स्वर र व्यञ्जन वर्ण मिलेर बनेका अक्षर र शब्द
उदाहरण:
शब्द: स्याल
अक्षर: स्याल्
वर्ण: स्+य्+आ+ल्
- व्यव्यव्यस्व: व्यञ्जन, व्यञ्जन, व्यञ्जन र स्वर वर्ण मिलेर बनेका अक्षर र शब्द
उदाहरण:
शब्द: स्त्री
अक्षर: स्त्रि
वर्ण: स्+त्+र्+इ
- व्यव्यव्यस्वव्य: व्यञ्जन, व्यञ्जन, व्यञ्जन, स्वर र व्यञ्जन वर्ण मिलेर बनेका अक्षर र शब्द
उदाहरण:
शब्द: क्य्राक
अक्षर: क्य्राक्
वर्ण: क्+र्+य्+आ+क्
शब्दलाई अक्षरमा विभाजन
अक्षर संरचनाको परिचय
अक्षरको बनोट नै अक्षर संरचना हो। कुन कुन वर्ण मिलेर अक्षर बन्छ भन्ने कुरा थाहा पाउनु अक्षर संरचनाको ज्ञान हो। शब्दमा अक्षरको संङ्ख्या पत्ता लगाउन र त्यस अक्षरको उच्चारण कसरी हुन्छ भनेर स्पस्ट पार्नु उच्चारित शब्दको अक्षर संरचना देखाउनु हो। शब्दको अक्षर संरचना देखाएर अक्षर संख्या निर्धारण गर्नुलाई अक्षर सङ्ख्याको पहिचान भनिन्छ।
अक्षर संरचना देखाउँदा ध्यान दिनु पर्ने कुराहरु
शब्दलाई अक्षरीकरण गरी अक्षर सीमा र अक्षर संङ्ख्या देखाउँदा ध्यान दिनु पर्ने प्रमुख केही कुराहरु यश प्रकार छन्:
- शब्दबाट अक्षर छुट्टाउँदा शब्दको लेखाइलाई नभएर शब्दको उच्चारणलाई आधार मान्नुपर्छ। लेख्य रुपमा शब्दमा धेरै अक्षर छन् जस्तो लग्न सक्छ तर लेख्य रुपमा देखिने अक्षरहरु शब्दको उच्चारण गर्दा लेखाइमा देखिए जत्तिकै वा लेखाइमा देखिए भन्दा थोरै सङ्ख्या हुन सक्छन्।
उदाहरण: -
लेख्य शब्द: कलकल
उच्चारण: कल्कल्
अक्षर संरचना: कल्+कल्
अक्षर सङ्ख्या: दुई
- लेख्य रुपमा शब्दमा जुन वर्ण भए पनि अक्षरीकरण गर्दा वा अक्षर संरचना देखाउँदा र त्यसको सीमा पहिचान गर्दा शब्दको उच्चारण जस्तो हुन्छ, त्यस्तै लेख्नु पर्छ।
उदाहरण: -
लेख्य शब्द: सक्षम
उच्चारण: सक्छ्यम्
अक्षर संरचना: सक्+छ्यम्
अक्षर सङ्ख्या: दुई
- लेख्य शब्दमा एउटा मात्रै वर्ण देखिन्छ तर उच्चारण गर्दा त्यही वर्ण लगातार दुईपटक बोलिन्छ भने अक्षरीकरण र अक्षरको सीमा पहिचान गर्दा उच्चारण अनुरुप दुई वर्ण नै देखाउनु पर्छ।
उदाहरण:
लेख्य शब्द: शाश्वत
उच्चारण: सास्स्वत
अक्षर संरचना: सास्+स्वत
अक्षर सङ्ख्या: दुई
- लेख्य शब्दमा दीर्घ, स्वर वर्ण वा दीर्घ अक्षर भए पनि उच्चारण गर्दा ह्रस्व उच्चारण हुबे भएकाले अक्षेरीकरण गरि सीमा पहिचान गरि तिनलाई ह्रस्व नै लेख्नु पर्छ।
उदाहरण:
लेख्य शब्द: दिदी
उच्चारण: दिदि
अक्षर संरचना: दि+दि
अक्षर सङ्ख्या: दुई
- उच्चारण गर्दा कुनै शब्दमा दुई ओटा स्वर एकै पटक बोलिन सक्छन्। नेपालीमा ´ऎ` वर्ण ´अ इ` वर्ण मिलेर तथा ´औ` वर्ण ´अ उ` वर्ण मिलेर बनेका द्विस्वर हुन्। यी द्विस्वरका लागि छुट्टै लिपिचिन्ह ऎ र औ भएकोले यिनलाई अक्षरमा देखाउँदा यसै रुपमा पनि वा अइ र अउ रुपमा पनि देखाउन सकिन्छ।
उदाहरण:
लेख्य शब्द: आइमाई
उच्चारण: आइमाइ
अक्षर संरचना: आइ+माइ
अक्षर सङ्ख्या: दुई
ASK ANY QUESTION ON अक्षर
No discussion on this note yet. Be first to comment on this note