Notes on वर्ण विन्यास | Grade 11 > Nepali > आइमाई साथी | KULLABS.COM

वर्ण विन्यास

  • Note
  • Things to remember

वर्ण विन्यास

भाषामा भएका वर्णहरुलाई मिलाएर शुद्ध गरी राख्ने कामलाई नै वर्णविन्यास भनिन्छ| शब्दहरुलाई वाक्यमा प्रयोग गर्दा कस्तो संरचना बन्छन? शुद्ध कसरी लेख्ने? भन्ने नियमका आधारमा वर्णलाई विन्यास गरिन्छ| सो काम नै वर्ण विन्यास हो| वर्णविन्यासलाई नेपाली भाषामा हिज्जे पनि भनिन्छ| यसमा ह्रस्व, दीर्घ, चन्द्रविन्दु, शिराविन्दु, श, ष, स को प्रयोग य ए को प्रयोग ॠ, रि को प्रयोग तथा लेख्य चिन्ह रखाई सम्बन्धी केही नियमलाई यहाँ उल्लेख गरिएको छ|

ह्रस्व र दीर्घसम्बन्धी नियम

ह्रस्व र दीर्घ छुट्ट्याउने मूल आधार लेखाई हो| उच्चारणका क्रममा छोटो समयमा उच्चारण हुने वर्णहरुलाई ह्रस्व र लामो समय लगाएर उच्चारण हुने वर्णहरु दीर्घ हुन्| नेपालीमा अ, इ, र, उ वर्ण ह्रस्व हुन् भने बाकीँ वर्णहरु दीर्घ हुन्|

 

ह्रस्वसम्बन्धी नियम

तद्भव आगन्तुक शब्दमा ह्रस्व (इ, उ) आदिमा शब्दको सुरुमा

  • सबै मूल नाम: नुन, किरो, जिब्रो, टिकट, हिँउ आदि|
  • सबै मूल विशेषण: चिप्लो, तितो, रित्तो, कुरौटे आदि|
  • संख्यावाचक शब्दहरु: दुई, पाँच आदि|
  • सबै अव्ययहरु: तिर, हिजो, किनभने, धिक्कार आदि|
  • सर्वनाम: तिमी, यिनी, उनी, उहाँ आदि|
  • सबै क्रिया: दि, थियो, मिल्नु, लिन्छ आदि|
  • उत्, कु, निस्, उप्, बि, सु, नि, आदि उपसर्ग लागेका शब्दहरु उल्लेख उत्सनन, उपहार, कुविचार, दुर्व्यसन, कुमति, विशेष

 

शब्दको विचमा ह्रस्व हुने

  • मूल नाम: कुकुर, मानिस, भानिज, भतिज, रेडियो, हँसिया, गरिब आदि।
  • विशेषण: अमिलो, खुकुलो, रसिलो, सामाजिक आदि।
  • कृदन्त: गरिएको, भनिने, हेरिदैँ आदि।
  • पुलिङ्गबाट स्त्रीलिङ्ग बनाउँदा: कर्किनी, थपिनी, क्षेत्रीनी, दमिनी आदि।

 

शब्दको अन्त्यमा ह्रस्व हुने

  • मानविय पुलिङ्ग नाम: नाति, पनाति, जुवाइ, पोइ, भाइ, दाजु, भिनाजु आदि।
  • अमानविय सजीव नाम: गोरु, भालु आदि।
  • निर्जीव नाम: गाउँ, हिउँ, घिउ आदि।
  • अव्यय शब्द: अगाडि, अघि, मुनि, भोलि, पनि, देखि, वरिपरि, वारि, आदि।
  • आइ, आउ, याइँ, प्रत्यय लागेका शब्दहरु: लेखाइ, मायालु, मुर्ख्याइँ, घेराउ आदि।
  • ति अन्त्यमा आउने शब्दहरु: यति, उति, कति, त्यति, जति आदि।

 

दीर्घसम्बन्धी नियम

शब्दको आदिमा दीर्घ हुने

  • संख्यावाचक शब्द: तीन, बीस, तीस
  • स्त्रीलिङ्ग शब्द: गीता, सीता, रीता, नीता
  • तद्भव: मीठो, दूध, फूल, सीप, मीत, पूरा
  • तत्सम शब्द: ईश, कीट, दीक्षा, भूमि, शून्य

 

शब्दको बिचमा दीर्घ हुने

  • संख्यावाचक शब्द: उन्नाईस, बत्तीस, छत्तीस, चालीस
  • संख्यावाचक द्वित्व शब्द: दुईदुई, तीनतीन, बीबीस
  • विध्यर्थक क्रिया: खाउउन्, जाउन्, पढुन्, सुतुन्

 

शब्दको अन्त्यमा दीर्घ हुने

  • स्त्रीलिङ्गी सबै नाम: दिदी, बहिनी, भाउजू, छोरी, काकी, नातिनी
  • जात र पेशा बुझाउने शब्द: कामी, दमाई, सार्की, थारू, धोती, हली
  • ठाउँ बुझाउने शब्द: ठिमी, गुल्मी, मेची, कोशी, हिमाली
  • स्त्रीलिङ्गी क्रिया: गरी, मरी, देखी, हेरी, नाची
  • सर्वनाम: उ, यी, ती, हामी, आफू, यिनी
  • विशेषण: अल्छी, दु:खी, धनी, रोगी
  • नदीको नाम: मेची, सेती, भेरी 

 

´ब`/ व, ओ को प्रयोग

ब को प्रयोग

  • तद्भव र आगन्तुक शब्दमा: बकुल्लो, बथान, बखान, बालुवा, बिलौना, बाजे आदि।
  • नेपालीमा सबै क्रिया: बिर्सनु, बाँच्नु, बक्नु, बच्ला आदि।
  • अव्ययमा: जब, तब, अब, बिस्तारै आदि।
  • बे, बद, बि उपसर्ग लागेका शब्द: बिकास, बिचेत, बिसन्चो, बिजोग, बद्मास,बेहोस आदि।
  • म को पछि आएका शब्दमा: अम्बा, कुटुम्ब, सम्बन्ध, सम्बोधन आदि।

 

व को प्रयोग

  • आगन्तुक र तद्भव शब्दमा उच्चारण अनुसार नै व र ब लेखिन्छ जस्तै: विक्रि, वारेस, वकालत, वकिल, आवाज आदि।
  • संयूक्ताक्षर भएमा व लेखिन्छ जस्तै: ह्वाल्ल, ट्वाल्ल, द्वार, स्वयं आदि।
  • केही अव्यय शब्दमा व लेखिन्छ जस्तै: वर, वारि, वाल्ल आदि।

 

तद्भव र आगन्तुक शब्दमा ओ को प्रयोग

  • ओरालो, ओदान, ओखती, ओखर, ओटा
  • केही क्रियापदमा: खाओ, जाओ, बनाओस्
  • तत्सम शब्द: ओज, ओम आदि।

ऋ र रि को प्रयोग

  • प्राय तत्सम शब्दमा ऋ को प्रयोग हुन्छ जस्तै:
    ॠषि, ॠण

 

तद्भव शब्दमा य को प्रयोग

  • तद्भव शब्दमा य को प्रयोग हुन्छ जस्तै:
    रित, रिस, रोपोर्ट आदि।

 

अ र छ को प्रयोग

  • प्राय: तत्सम शब्दमा अ को प्रयोग भएको पाइन्छ जस्तै: पंक्षी, राक्षस, कथा, शिक्षा, दीक्षा आदि।
  • प्राय: तद्भव मुर्रो नेपाली शब्दमा छ को प्रयोग हुन्छ जस्तै: छेत्री, छाता, छेपारो, गच्छे आदि।
  • केही तत्सम शब्दमा: छन्द, छाँया, इच्छा, तुच्छ आदि।
  • केही तद्भव शब्दमा: लक्ष्य, प्रेक्ष्यालय

 

श, ष, स स्म्बन्धी नियम

श को प्रयोग

  • तत्सम शब्दको पदमा दुईओटा श आएमा पहिलो तालव्य हुन्छ: शेष, विशेष, आशिष्, शिशिर, शिशु आदि।
  • विसर्गको अगाडि: क्रमश, प्रायश
  • ई, आ, प/ पा, न अघिपछी श हुन्छ: ईश्वर, आशा, पशु, पाश, नाश आदि।
  • सामान्यतया ब, द, दे, क, को अघिपछी श हुन्छ: विशाल, वंश, उपदेश, दर्शन, कुशल आदि।

 

ष को प्रयोग

  • ट वर्गीय वर्ण (ट, ठ, ड, ढ, ण) सँग प्राय ष हुन्छ: अष्ट, कष्ट, रुष्ट, विष्णु, तृष्णा, अषाढ आदि।
  • प वर्ग सँग: भाषा, पुष्प, मेष

 

स को प्रयोग 

  • आगन्तुक र तद्भव शब्दमा स को प्रयोग गरिन्छ जस्तै: साइकल, पुलिस, बाइसाइकल, सिङ्गार आदि।
  • नेपाली भाषाको मुर्रो शब्दमा तथा स्वदेशी शब्दमा साँचो, गुनासो, सिकर्मी, सुकुल आदि।
  • स्व आउने शब्दमा: स्वकीय, स्वचालित, स्वच्छन्द, स्वयम् आदि।

 

ग्यँ अ ज्ञ को प्रयोग

  • ग्यँ लेखिने आगन्तुक शब्द: ग्याँस

ज्ञ लेखिने तत्सम शब्दको आदि, मध्य र अन्त्यहरु

  • आदि- ज्ञान, सात, ज्ञाता, ज्ञातव्य
  • मध्य- संज्ञान, विज्ञान, विज्ञप्ति, विज्ञापन
  • अन्त्य: यज्ञ, आज्ञा, प्रतिज्ञा, प्रज्ञा

 

ए र य को प्रयोग

ए को प्रयोग

  • सङ्ख्यावाचक शब्दमा: एक, एकासी, एकाउन्न, एकतीस आदि।
  • केही तत्सम शब्दमा: एकाग्र, एकाङ्की, एकता, एवम् 
  • क्रियापदमा: गए, खाए, गएर, दिएछ आदि।

य को प्रयोग

  • सर्वनाम: यो, यी, त्यो, यिनी, यश आदि
  • केही आगन्तुक शब्द: यकिन, सायद, पायल, यहुदी, घायल
  • केही तत्सम शब्द: वाणिज्य, सुखदायी, दृश्य, यश, नायिका आदि।

 

शिर विन्दु, चन्द्र विन्दु तथा पञ्चम वर्णको प्रयोग

शिर विन्दुको प्रयोग

  • अम उच्चारण हुने ठाउँमा शिरविन्दु लेखिन्छ। जस्तै: एवं, स्वयं, अहं आदि।
  • अनुनासिक वर्णहरु हल छन् भने विकल्पले शिरविन्दु हुन्छ जस्तै: गंगा, पंच, कंठ
  • इ, ई, ए, ऎ, ओ, औ आदि स्वर तथा स्वरयुक्त व्यञ्जन वर्णमा शिरविन्दु लेखिन्छ। तर उच्चारण भमे चन्द्रविन्दु हुन्छ। जस्तै: तपाई, त्यही, दसै

 

चन्द्रविन्दुको प्रयोग

  • अ, आ आदि स्वरमाथी प्राय: चन्द्रविन्दु नै लेखिन्छ जस्तै अँध्यारो, आँसु, उँचो, गाउँ आदि।
  • उपर्युक्त य देखि औ सम्ममा स्वरहरु वर्णयुक्त भएपनी चन्द्रविन्दुको प्रयोग हुन्छ जस्तै: खँदिलो, गँगटो, खाँचो, भँगेरो आदि।
  • प्रथम पुरुष र तृतीय पुरुषका क्रियामा चन्द्रविन्दु लाग्छ जस्तै: आएँ, गएँ, पढेँ, आउँछ आदि।
  • अनुनासिक वर्ण (ङ, ञ, ण, न, म) का अगाडी चन्द्रविन्दु लेखिदैन जस्तै: मङ्गल, सञ्जय, दण्ड, जन्ती, खम्बा आदि।

 

पञ्चय वर्णको प्रयोग

  • क वर्गमा ङ को प्रयोग हुन्छ: शङ्का, गङ्गा
  • च वर्गमा ञ को प्रयोग हुन्छ: अञ्चल, सञ्चार आदि।
  • ट वर्गमा ण को प्रयोग हुन्छ: कण्ठ, चण्डी, घण्टा
  • त वर्गमा न को प्रयोग हुन्छ: सन्त, यन्त्र, मन्द आदि।
  • प वर्गमा म को प्रयोग हुन्छ: भुकम्प, अम्बा आदि।



  • भाषामा भएका वर्णहरुलाई मिलाएर शुद्ध गरी राख्ने कामलाई नै वर्णविन्यास भनिन्छ|
  • ह्रस्व र दीर्घ छुट्ट्याउने मूल आधार लेखाई हो|
  • उच्चारणका क्रममा छोटो समयमा उच्चारण हुने वर्णहरुलाई ह्रस्व र लामो समय लगाएर उच्चारण हुने वर्णहरु दीर्घ हुन्|
.

Very Short Questions

0%

ASK ANY QUESTION ON वर्ण विन्यास

No discussion on this note yet. Be first to comment on this note