Notes on सरल वाक्यका प्रकार | Grade 11 > Nepali > हारजित | KULLABS.COM

सरल वाक्यका प्रकार

  • Note
  • Things to remember

सरल वाक्यका प्रकार

उदेश्य र विधेय मिलेर

  • हरि खान्छ|
  • रिता रुन्छे|
  • निरज पढ्छ|

माथिको वाक्यमा कर्ता र क्रिया मात्र प्रयोग भएका छन्| यस्ता सरल वाक्यमा सकर्मक र अकर्मक दुवै प्रकारका क्रिया प्रयोग हुन सक्छन्|

 

उदेश्य विस्तारक, उदेश्य र विधेय मिलेर

  • हरिको भाइ हरि नाच्छ|
  • मेरो छोरो रवि हरायो|
  • पाकेको आँप छ?

माथि वाक्यमा रवि हरि, आँप उदेश्य हुन् भने तिनका अग्र भागमा रहेका पद उदेश्य विस्तारक र उदेश्य पछिका पद विधेय हुन्|

 

उदेश्य, विधेय विस्तारक र विधेय मिलेर

  • राम मरेर काम गर्छ|
  • अस्मिता बेस्सरी रोई|
  • रमेश रातो घोडा चढेर बजार गयो|

माथिका वाक्यमा राम, अस्मिता, रमेश उदेश्य हुन् भने गर्छ, रोई, गयो विधेय हुन् तथा प्रत्येक वाक्यमा बाँकी पदहरु विधेय विस्तारक हुन्|

 

उदेश्य विस्तारक, उदेश्य, विधेय विस्तारक र विधेय मिलेर

  • मेरो भाइ चेतन पास भयो|
  • कालो बिरालोले सानो मुसो खायो|
  • उसकी श्रीमती हिजो माइत गइछन्|
  • क्याम्पसका केटाहरुले फटाइ गरे|

माथिका वाक्यमा चेतन, बिरालो, श्रीमती र केटाहरु उदेश्य हुन् भने भयो, खायो, गइछन् र गरे विधेय हुन् र प्रत्येक वाक्यमा उदेश्यभन्दा अगि रहेका पद उदेश्य विस्तारक र उदेश्य भन्दा पछि विधेय भन्दा अगि रहेका पद विधेय विस्तारक हुन्|

 

मिश्र वाक्यको प्रकार

नाम उपवाक्य

मिश्र वाक्यको पराधीन उपवाक्यले स्वाधीन उपवाक्यको कर्ता, कर्म र पूरक सरह को काम गरेको छ भने त्यो नाम उपवाक्य हुन्छ| भने, भनी, भन्ने, भनेर जस्ता सापेक्ष संयोजकले उपवाक्यलाई नाम उपवाक्य बनाउछन्|
जस्तै:

  • चुनाव हुन्छ भन्ने निश्चीत छ|  (भन्ने-कर्ता सरह )
  • संगै खाना खाऔं भनी साथीले अनुरोध गर्यो|  (भनी – कर्म सरह)
  • हरि चोर होइन भनेर सबै भन्छन्|

 

विशेषण उपवाक्य

मिश्र वाक्यको पराधीन उपवाक्यले स्वाधीन उपवाक्यको विशेषण सरह काम गर्छ भने विशेषण उपवाक्य हुन्छ| जो, जे, जुन, जस्तो, जति जस्ता सापेक्ष संयोजकले पराधीन उपवाक्यलाई विशेषण सरह बनाउछन्|
जस्तै:

  • जस्तो अनुहार छ त्यस्तै मन पनि रहेछ| (जस्तो – मनको विशेषण सरह)
  • महेश जुन काममा हात हाल्छ त्यो सफल हुन्छ| (जुन – कामको विशेषण सरह)
  • त्यस्तो व्यक्तिको अनुसरण गर जो असल छ| (जो- व्यक्तिको विशेषण सरह)

 

अव्यय उपवाक्य

मिश्र वाक्यको पराधीन उपवाक्यले स्वाधीन उपवाक्यको क्रियायोगी सरह काम गर्छ भने अव्यय उपवाक्य हुन्छ| जब, जहाँ, जहिले, जसरी, जस्ता संयोजकले पराधीन उपवाक्यलाई क्रियायोगी सरह बनाउछन्|
जस्तै:

  • तिमी जहिले भन्छौ तहिले म आउँछु| (समयावाची क्रियायोगी)
  • म जहाँ छु त्यहाँ जङ्गल छ| (स्थानवाची क्रियायोगी)
  • ऊ त्यसरी नै सिक्छ जसरी शिक्षक सिकाउँछन्| (रीतिवाचक क्रियायोगी)

 

 

संयुक्त वाक्यका प्रकार

क्रम बोधक संयुक्त वाक्य

काम एक पछि अर्को गरि क्रमश: भएको बताउने वाक्य क्रम बोधक संयुक्त वाक्य हो| ‘र’, ‘अनि’, ‘पनि, आदि निरपेक्ष संयोजकले जोडिएर क्रमबोधक संयुक्त वाक्य हुन्छन्| जस्तै:

  • म मामाघर जान्छु र त्यहाँ एक हप्ता बस्छु|
  • दीपक घर जान्छ अनि पढ्न बस्छ|
  • निता पनि गई कुस्मा पनि गई|

 

विकल्प बोधक संयुक्त वाक्य

यो वा त्यो मध्ये कुनै एउटा भनी विकल्प बोधक संयुक्त वाक्य भनिन्छ| नत्र, वा, अथवा, कि, या जस्ता निरपेक्ष संयोजकले जोडिएर विकल्प बोधक संयुक्त वाक्य बन्छ|
जस्तै:

  • यो काम तिमी गर नत्र मा आफैं गर्छु|
  • कि तिमी जाऊ कि म जान्छु|

 

विपरीतार्थक संयुक्त वाक्य

विपरित अवस्था बताउने संयुक्त वाक्यलाई विपरीतार्थक संयुक्त वाक्य भनिन्छ| तर, तापनि जस्ता संयोजकले जोडिएर विपरीतार्थक संयुक्त वाक्य बन्छ|
जस्तै:

  • म चित्र बनाउन जान्दछु तर मसँग बुरुस र रङ्ग छैनन्|
  • ऊ धेरै पढ्दैन तापनि सधैँ प्रथम हुन्छ|

 

कारण बोधक संयुक्त वाक्य

कुनै काम हुनुको कारण बोधक संयुक्त वाक्य भनिन्छ| किनभने, किनकी, तसर्थ, त्यसैले जस्ता संयोजकले स्वतन्त्र उपवाक्यहरु जोसिएर कारण बोधक संयुक्त वाक्य बन्छन्|
जस्तै:

  • गणेश परीक्षामा प्रथम हुनेछ किनभने उसले वर्षभरि मिहिनेत गरेको छ|
  • उसको सम्पति चोरियो त्यसैले ऊ कङ्गाल भयो|

म अमिलो कुरा खान्न किनकी मलाई अमिलो खान रोकेको छ|



  • मिश्र वाक्यको पराधीन उपवाक्यले स्वाधीन उपवाक्यको कर्ता, कर्म र पूरक सरह को काम गरेको छ भने त्यो नाम उपवाक्य हुन्छ|
  • कुनै काम हुनुको कारण बोधक संयुक्त वाक्य भनिन्छ|
  • यो वा त्यो मध्ये कुनै एउटा भनी विकल्प बोधक संयुक्त वाक्य भनिन्छ|
  • काम एक पछि अर्को गरि क्रमश: भएको बताउने वाक्य क्रम बोधक संयुक्त वाक्य हो|
  • मिश्र वाक्यको पराधीन उपवाक्यले स्वाधीन उपवाक्यको क्रियायोगी सरह काम गर्छ भने अव्यय उपवाक्य हुन्छ
.

Very Short Questions

0%

ASK ANY QUESTION ON सरल वाक्यका प्रकार

No discussion on this note yet. Be first to comment on this note