Notes on वाच्य | Grade 11 > Nepali > खाद्य सङ्कटर र जैविक विविधता | KULLABS.COM

वाच्य

  • Note
  • Things to remember

वाच्य

वाच्य भनेको भनाइ हो| अथवा क्रियापदको रखाई नै वाच्य हो| वाच्यको पहिचान क्रियाका आधारमा गरिन्छ| वाच्यमा कर्ता, कर्म र भावका आधारमा कुनै कुरा अभिव्यक्त गर्ने तरिका नै वाच्य हो| कर्ता, कर्म र भावसँग क्रियापदको सम्बन्धलाई परिवर्तन गर्दा अर्थमा भने कुनै परिवर्तन हुँदैन|
जस्तै: रमा खाना खान्छे| - कर्तृवाच्य (कर्ता प्रधान)

 

वाच्यका प्रकार

वाच्यका प्रकार क्रियापदको सम्बन्ध कर्ता, कर्म र भावमध्ये कुन सँग छ भन्ने आधारमा वाच्यका तीन प्रकार छन्:

  • कर्तृवाच्य
  • कर्मवाच्य
  • भाववाच्य

 

कर्तृवाच्य
कर्ता प्रमुख हुने वा प्रधान भई कर्ता कै लिङ्ग, वचन, पुरुष र आदरअनुसार क्रियापदको रुप रहने वाक्यलाई कर्तृवाच्य भनिन्छ| कर्तृवाच्यको क्रियापद सकर्मक  अकर्मक दुवै हुन सक्छ|
उदाहरण:केटी घुम्न गई| (केटी = कर्ता)

कर्मवाच्य
कर्म प्रधान भई कर्मकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रुपलाई कर्मवाच्य भनिन्छ| कर्मवाच्यमा सकर्मक क्रियापद मात्र हुन्छ|
जस्तै: कलम किनिन्छ| (कलम = कर्म)

भाववाच्य
क्रियाको भाव वा सम्पन्न हुने काम नै मुख्य भई बन्ने क्रियापदको रुपलाई भाववाच्य भनिन्छ| भाववाच्यको उदेश्य नै भाव वा अर्थ हुन्छ| भाववाच्यको क्रियापद अकर्मक मात्र हुन्छ|
जस्तै: रामद्वारा दगुरियो| (राम = कर्ता)

 

वाच्य परिवर्तन

वाच्यलाई फेर्नु अर्थात एक किसिमको वाच्यलाई अर्को किसिमको वाच्यमा परिवर्तन गर्नु वाच्य परिवर्तन हो| नेपाली भाषामा सकर्मक क्रियापद हुने कर्तृवाच्यमा र अकर्मक क्रियापद हुने कर्तृवाच्य भावावाच्यमा परिवर्तन हुन्छ| त्यस्तै कर्मवाच्य र भाववाच्य कर्तृवाच्यमा परिवर्तन हुन्छन्|

कर्तृवाच्यलाई कर्मवाच्यमा परिवर्तन गर्दा ध्यान दिनु पर्न कुरा

  • कर्तामा लागेको ‘ले’ र कर्ममा लागेको ‘लाई’ हटाएर कर्तामा ‘बाट’ वा ‘द्वारा’ जोड्ने कर्ता लोप गर्न पनि सकिन्छ|
  • क्रियापदको धातुमा ‘इ’ थपेपछि मात्र अरु प्रत्यय जोड्ने
  • कर्मको लिङ्ग, वचन, पुरुष, आदरको आधारमा क्रियापद राख्ने
  • क्रियापदको काल, पक्ष, भाव परिवर्तन नगर्ने
  • क्रियापद आज्ञार्थ र इच्छार्थ भएका धातु पछि एकवचन भए इ+पोस् र बहुवचन भए इ+यून् थप्ने|

उदाहरण: हरिले सामान किन्यो| \(\rightarrow\) हरिद्वारा सामान किनियो|

 

कर्तृवाच्यलाइ भाववाच्यमा परिवर्तन गर्दा ध्यान दिनुपर्ने कुरा

  • कर्तामा ‘बाट’ वा ‘द्वारा’ जोड्ने वा कर्ता लोप गर्ने
  • यदि कर्तामा ‘म’ भए आफू बनाउने
  • क्रियापदको धातु पछि ‘इ’ थप्ने
  • क्रियापदलाई सधैँ पुलिङ्ग, एकवचन, तृतीय पुरुष र अनादरमा राख्ने
  • इच्छार्थ र आज्ञार्थ क्रियापद भएका धातुपछि ‘इ+योस्’ थप्ने
  • क्रियापदको काल, पक्ष र भाव परिवर्तन नगर्ने

उदाहरण: ऊ बिहानै उठ्छ| \(\rightarrow\) ऊद्वारा बिहानै उठिन्छ|



  • वाच्य भनेको भनाइ हो| अथवा क्रियापदको रखाई नै वाच्य हो| वाच्यको पहिचान क्रियाका आधारमा गरिन्छ| वाच्यमा कर्ता, कर्म र भावका आधारमा कुनै कुरा अभिव्यक्त गर्ने तरिका नै वाच्य हो|
  • कर्ता प्रमुख हुने वा प्रधान भई कर्ताकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार क्रियापदको रुप रहने वाक्यलाई कर्तृवाच्य भनिन्छ|
  • कर्म प्रधान भई कर्मकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रुपलाई कर्मवाच्य भनिन्छ|
  • क्रियाको भाव वा सम्पन्न हुने काम नै मुख्य भई बन्ने क्रियापदको रुपलाई भाववाच्य भनिन्छ|
.

Very Short Questions

0%

ASK ANY QUESTION ON वाच्य

No discussion on this note yet. Be first to comment on this note